काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलको गृहनगरसमेत रहेको अछामको साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ।
काँग्रेसका राजेन्द्रबहादुर कुँवर ७ हजार २६५ मतसहित विजयी भएका हुन्। कुँवरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन्। नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन्। उनले ६ हजार ४३४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत मात्र प्रात गरे।
साँफेबगरको मेयर र उपमेयरमा काँग्रेस(एकीकृत समाजवादी र एमाले(माओवादी केन्द्रबीच तालमेल भएको थियो। त्यसमा काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनले नतिजा हात परेको छ।
०७४ मा मेयर र उपमेयर जितको एमालेले यसपटक दुबै पद गुमाएको छ। यसपटक काँग्रेसले नगर प्रमुखसहित ८ वडा अध्यक्ष जितेको छ। एमाले ३ वडामा सीमित हुँदा एकीकृत समाजवादीले उपप्रमुखसहित १ वडा जितेको छ। भीम रावलको गृह वडा गरी २ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।