अध्यक्ष बिष्टद्वारा पदभार ग्रहण



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाका नव निर्वाचित अध्यक्ष नगेन्द्र बहादुर बिष्टले पदभार ग्रहण गरेका छन्।

सोमबार अध्यक्ष बिष्टले कार्यभार सम्हालेका हुन्। अध्यक्ष बिष्टले कुनै पनि किसिमको भ्रष्टाचार नगर्ने बाचासहित पदभार समालेका छन्। उनले सेवाको वरिपरि जनता नभइ, जनताको वरिपरि सेवा प्रवाह गर्ने बताएका छन्। गाउपालिकाका नागरिकको गुणस्तरीय स्वास्थ्यमा पहुँच पर्याउनका लागि असाय, अपाङ्ग, गरिव, बिपन्न परिवारको बिमा गाउपालिकाले गर्दिने निर्णय गरेका छन्।

त्यस्तै गाउपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि आधुनिक, सिपमुलक, गुणस्तरीय शिक्षामा जोड दिई गाउँपालिकाभित्र कृषि प्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णयसमेत गरिएको छ।

बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा अध्यक्ष बिष्टले २ हजार ६३६ मत प्राप्त गरेका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार धिरबहादुर बिष्टले २ हजार ४४५ मत पाएका थिए। उनी २०७४ सालको निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

नरहरिनाथको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलकुमार शाह निर्वाचित भएका छन्। उनले २९१७ मत पाए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सीता रावलले २ हजार २८३ मत ल्याएकी छन्।