काठमाडौँ। जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार साहले नेपाली ग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत गरेका छन्।
मेयरमा निर्वाचित भएपछि सोमबार मतदातालाई धन्यवाद दिँदै साहले कांग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत दिएका हुन्। साह कांग्रेसका बागी उम्मेदवार हुन्।
पाँच दलीय गठबन्धनमा काँग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले काँग्रेसमा पुनः जाने भन्ने कुरा सम्भव नरहेको बताए। उनले काँग्रेसले निजी स्वार्थ पूरा गर्न कम्युनिष्टहरूसँग गठबन्धन गरेको भन्दै स्वतन्त्रबाट नवनिर्वाचित मेयरले पार्टीमा किन फर्किने भनि प्रतिप्रश्न समेत गरे।
यस्तै उनले जनकपुरधाममा एक वर्षमा लैण्डफिल्ड साइटको निर्माण गर्ने बताए। उनले जनकपुरधाम धार्मिक पर्यटकीय नगरी भएकाले यसको विकासका लागि टेक्निकलरुपमा अघि बढ्नु पर्ने बताए।