कोहलपुर नगरको मेयरमा आचार्य र उपप्रमुखमा सुवेदी विजयी



कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकाको नगरप्रमुखमा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार पूर्णप्रसाद आचार्य अत्याधिक बहुमतले विजयी भएका छन्।

 

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार कोहलपुर नगरपालिकाको १५ वटा वडामा खसेको सबै मत गणना गर्दा आचार्यले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिलप्रसाद भुसाललाई १९२९ मतान्तरले हराउँदै विजयी भएका हुन्। उनले १४ हजार एकसय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १२ हजार दुईसय ५ मत प्राप्त गरे।

त्यस्तै, नगर उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार संगीता सुवेदी विजयी भएकी छन्। उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अस्मिता चौधरीलाई ५५६ मतान्तरले हराउँदै नगर उपप्रमुखमा विजयी भएकी हुन्। उनले १४०७३ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी चौधरीले १३५१७ मत प्राप्त गरिन्।

कोहलपुर नगरपालिकाको नगर प्रमुखमा विजयी भएका आचार्य र उपप्रमुखमा विजयी भएकी सुवेदीलाई नेकपा एमालेको तर्फबाट कोहलपुर नगर प्रमुखका प्रत्यासी भुसालले बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन्।


भुसालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ ! प्रतिस्पर्धा बाट श्रेष्ठता हासिल गर्नु वैधता मानिन्छ । बहुमतको सरकार अल्पमतको प्रतिपक्ष हुने हाम्रो संसदिय मान्यता छ।