काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओपेन्द्र नाथ योगी विजयी भएका छन् भने बाँकी सदस्यहरूमा नेपाली काँग्रेसले जित हासिल गरेको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-९ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा योगीले ६७४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका ठाकुर प्रसाद थारूले ५६६ मत प्राप्त गरे। विजयी महिला सदस्यमा नेपाली काँग्रेसकी सुनिता कुमारी राना विष्टले ६६९, दलित महिला सदस्यमा कानि चमारनीले ६०२, खुल्ला सदस्यमा बलिराम अहिरले ६३० र ललन अलि साईले ५९५ मत ल्याए।
वडा नं. ९ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ७५०, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ५४० र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषाललाई ४२६ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ५१९, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ३११ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ६३९ मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १२,९१३, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ९५५८ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषालले ११,४३० मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले १३,०१२, नेकपा एमालेकी अस्मिता चौधरीले १२,६०४ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ४९४४ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ९ को मतगणना सकिएसँगै अन्तिममा वडा नं. ८ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।