कोहलपुर-७ को वडाध्यक्षमा एमालेका ठग्गा थारू विजयी



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार ठग्गा थारू विजयी भएका छन्।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-७ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा थारूले ४५६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका पतिराम चौधरीले ४४९ मत प्राप्त गरे।

वडा नं. ७ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ४८९, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई १६८ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषाललाई ४२७ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ४९९, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले १०४ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ४३० मत प्राप्त गरेकी छन्।

हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७, १०, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १२,१६३, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ९०१८ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषालले ११,००४ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले १२,३७३, नेकपा एमालेकी अस्मिता चौधरीले १२,०८५ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ४६३३ मत प्राप्त गरे।

स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ७ को मतगणना सकिएसँगै वडा नं. ९ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।