कोहलपुर-१० मा प्यानल सहित नेपाली काँग्रेस विजयी



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसले प्यानल सहित जित हात पारेको छ।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१० मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार गोरा कुमारी अधिकारीले १४८५ मत ल्याएर प्यानल सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका हेमकुमार रावतले १०८२ मत प्राप्त गरे। रावत अघिल्लो कार्यकालका कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतका छोरा हुन्।

वडा नं. १० बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई १३९९, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ५१७ र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषाललाई ९८० मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ११२८ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले १९२ र नेपाली काँग्रेसकी संगीता सुवेदीले १३८६ मत प्राप्त गरेकी छन्।

हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, १०, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ११६७४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ८८५० र नेकपा एमालेका उम्मेद्वार खिलप्रसाद भुषालले १०५७७ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ११९४३, नेकपा एमालेकी अस्मिता चौधरीले ११५८६ र गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ४५२९ मत प्राप्त गरे।

स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. १० को मतगणना सकिएसँगै वडा नं. ७ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।