कोहलपुर-५ को वडाध्यक्ष र तीन सदस्यमा एमाले विजयी, एक सदस्य काँग्रेसको हातमा



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ५ को वडाध्यक्ष र तीनवटा सदस्यमा नेकपा एमाले विजयी भएको छ भने एक सदस्य काँग्रेसले लिएको छ।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-४ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र श्रेष्ठले ८६४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रमुख प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थारूले ७४३ मत प्राप्त गरे। नेकपा एमालेको तर्फबाट विजयी भएका महिला सदस्यमा किस्णकुमारी बुढाले ८१८, दलित महिला सदस्यमा दिपा कुमारी विकेले ८३८, पहिलो खुल्ला सदस्यमा जनादार थारूले ६९० मत प्राप्त गरे भने नेपाली काँग्रेसको तर्फबाट विजयी भएका दोस्रो खुल्ला सदस्य उम्मेदवार सीता कार्कीले ८२० मत प्राप्त गरेकी छन्।

वडा नं. ५ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ८०४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ७३३, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषाललाई ८१३ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ८९८, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ३०८ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ८५१ मत प्राप्त गरेकी छन्।

हालसम्म वडा नं. १, २, ३, ४, ५, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ८१८३, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ६५१३ र नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ७७७२ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ८४९४, नेकपा एमालेकी अस्मिता चौधरीले ८४१६ र गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी नारायणी वलीले ३२८० मत प्राप्त गरे।

स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ५ को मतगणना सकिएसँगै वडा नं. ११ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।