सुर्खेत। कालिकोट जिल्ला राष्कोट नगरपालिकाको मेयरमा धर्मराज शाही (पोषण) र उपप्रमुखमा मनिराज बराल अत्यधिक मतका साथ विजयी भएका छन्।
माओवादी केन्द्रका नेता शाहीले ३०४७ मत पाए भने उनको प्रतिस्पर्धामा रहेका एमालेका दयाराम सिम्खडाले २११७ मत प्राप्त गरे।
त्यस्तै एकीकृत समाजवादीका नेता बरालले प्रतिष्पर्धीलाई दोब्बर मतले पछि पारेका थिए। बरालले २८०९ र उनको प्रतिस्पर्धामा रहेकी एमालेकी उमा शाहीले जम्मा १३०१ मत पाएकी छन्।