कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वडा नं. ४ को मत परिणाम विवादास्पद भएपछि वडा नं. १२ को मतगणना रोकिएको छ।
कोहलपुर वडा नम्बर ४ को जम्मा १६५८ मत खसेको मुचुल्का तयार पारी गणना गरिएकोमा निर्वाचन समितिले जारी गरेको पत्रमा बदर र सदर गरी जम्मा १६५१ मत देखिएको छ ।
१६५८ को मुचुल्का गरेको मत १६५१ मात्र नतिजा सार्वजनिक हुँदा मतगणनामा चलखेल भएको भन्दै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका पार्टीले सत्यतथ्य बाहिर नआउँदासम्म मत घोषणा नहुने र गणना समेत अघि बढ्न नदिने भन्दै बिरोध जनाएका छन्।
अहिले वडा नं. १२ को मतगणनाका साथै वडा नं. ४ को आधिकारिक विजयी घोषणा समेत स्थगित भएको छ ।