काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेसले प्यानल सहित विजय हात पारेको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-४ मा खसेको सम्पूर्ण १६५१ मतगणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार मुवारक अलि गुजरले ५३१ मत ल्याएर प्यानल सहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका कृष्णबहादुर थारूले ४०६ मत प्राप्त गरे। वडा नं. ४ को महिला सदस्यमा निर्मला थापाले ५४१, दलित महिला सदस्यमा रामदुलारी पासीले ५३७, खुल्ला सदस्यमा कल सिं वलीले ५४३ र सीता कार्कीले ५०७ मत प्राप्त गरेका छन्।
वडा नं. ४ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ५५०, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ४०६, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ३२२ मत प्राप्त गरे। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ३९१, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ३३० र नेपाली काँग्रेसकी संगीता सुवेदीले ५७० मत प्राप्त गरेकी छन्।
वडा नं. १, २, ३, ४, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ६१०२, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ४९०० र नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ५५१५ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ६२६६ र नेकपा एमालेकी अस्मिता चौधरीले ५९४५ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ४ को मतगणना सकिएसँगै वडा नं. १२ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।