काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १३ को वडाध्यक्ष र दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१३ मा खसेको सम्पूर्ण २८२२ मतगणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले १०१० र दलित महिला सदस्यकी उम्मेदवार रुद्रकली विश्वकर्माले ९६३ मत ल्याएर विजयी भएका छन् भने बाँकी सदस्यहरूमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।
वडा नं. १३ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ८६२, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ५७६, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ८७७ मत प्राप्त गरे। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ९३६, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले २४६ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ८६३ मत प्राप्त गरेकी छन्।
वडा नं. १, २, ३, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ५५५२, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ४४९४, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ५१९३ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ५६९६, र नेकपा एमालेकी अस्मिता चौधरीले ५५५४ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. १३ को मतगणना सकिएसँगै वडा नं. ४ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।