एमालेले संसद अवरोध हटायो



काठमाडौँ। प्रतिनिधिसभामा अवरोध गर्न एमालेले छोडेको छ। मंगलबारदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमाले अवरोध नगरेको हो।

गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो। आजको बैठकमा सभामुखसँग समय लिएर एमाले उपमहासचिव प्रदिप ज्ञवाली बोल्दैछन्।

उनलाई बोल्नका लागि १५ मिनेट समय दिइएको छ। एमालेले कारवाही गरेका १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो।

अबदेखि सदन अवरोध नगर्ने ज्ञवालीले बताएका छन्। विरोधको स्वरूपलाई परिवर्तन गर्ने उनले बताए।