काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-३ मा खसेको सम्पूर्ण ३१५२ मतगणना गर्दा वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार माधव रिजालले १३०६ मत प्राप्त गरी प्यानल सहित विजयी भएका हुन्। उनी यसअघि पनि वडा नं.३ का वडाध्यक्ष हुन्।
वडा नं. ३ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ८०८, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ८९७, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले १०८३ मत प्राप्त गरे। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले १२४२ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ७८४ मत प्राप्त गरेकी छन्।
वडा नं. १, २, ३, १४ र १५ को १५६३३ मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ४६९०, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ३९१८, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ४३१६ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ४८६३, र नेकपा एमालेकी अस्मिता चौधरीले ४६१८ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ३ को मतगणना सकिएसँगै वडा नं. १३ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।