सान्नी त्रिवेणीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी विजयी



कालिकोट। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन्। उनले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन्। त्यस्तै उपाध्यक्षमा एमालेकी पार्वती सिँह १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन्।