कोहलपुर-१४ मा काँग्रेसको प्यानल नै विजयी



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १४ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१५ मा खसेको सम्पूर्ण २३०५ मतगणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नमबहादुर आलेले १८०५ मत प्राप्त गरी प्यानल सहित विजयी भएका हुन्।

वडा नं. १४ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ६९१, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ३५९, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ५२१ मत प्राप्त गरे। त्यस्तै, नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी उम्मेद्वार नारायणी वलीले १९५, नेकपा एमालेकी अस्मिता चौधरीले ५५४ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ६५६ मत प्राप्त गरेकी छन्।

वडा नं. १, २, १४ र १५ को १२४५५ मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ३८८२, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ३०२१, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ३२३३ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ४०७९, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले १३९१ र नेकपा एमालेकी अस्मिता चौधरीले ३३७६ मत प्राप्त गरे।

स्थानिय तह निर्वाचन अन्तर्गत गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. १५ को मतगणना सकिएसँगै वडा नं. ३ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।