काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १५ मा नेपाली काँग्रेसको प्यानक नै विजयी भएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१५ मा खसेको सम्पूर्ण २७९१ मतगणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दिपेन्द्र कुमार थारूले ११९८ मत प्राप्त गरी प्यानल सहित विजयी भएका हुन्। साथै महिला सदस्यमा १२०४, दलित महिला सदस्यमा १२०७, खुल्ला सदस्यमा १२०५ र ११७४ मत प्राप्त गरेका छन्।
वडा नं. १५ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १२४९, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले २००, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ६७९ मत प्राप्त गरे। त्यस्तै, नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी उम्मेद्वार नारायणी वलीले ५१, नेकपा एमालेकी अस्मिता चौधरीले ६६६ र नेपाली काँग्रेसकी संगीता सुवेदीले १२०४ मत प्राप्त गरेकी छन्।
वडा नं. १ को जम्मा मत र वडा नं. १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १६६४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ११२५, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ११९९ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा नेपाली काँग्रेसकी संगीता सुवेदीले १६७१, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ५८९ र नेकपा एमालेकी अस्मिता चौधरीले १२७४ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ।