कोहलपुर-१५ मा नेपाली काँग्रेसको अग्रता



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १५ मा नेपाली काँग्रेसले अग्रता लिएको छ।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१५ को १८४१ मतगणना गर्दा नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ९०९ मत प्राप्त गरी अग्रस्थानमा छन्। त्यसैगरी, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले १३७, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ५३० मत प्राप्त गरेका छन्।

त्यस्तै, नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी उम्मेद्वार नारायणी वलीले ४१, नेकपा एमालेकी अस्मिता चौधरीले ५८५ र नेपाली काँग्रेसकी सङ्गिता सुवेदीले ८७६ मत प्राप्त गरेकी छन्।

१८४१ मतगणना गर्दा वडा नं. १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ८९०, नेकपा एमालेका उम्मेदवारले ५८५, माओवादीका उम्मेदवारले १४३ र राप्रपाका उम्मेदवारले १२९ मत प्राप्त गरेका छन्।

वडा नं. १ को जम्मा मत र वडा नं. १५ को हालसम्मको मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १३२४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले १०६२, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले १०५० मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले १३४३, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ५८९ र नेकपा एमालेकी अस्मिता चौधरीले ११९३ मत ल्याएका छन्।

स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ।