हुम्लाको एक वडामा एमालेको प्यानल सहित विजयी



हुम्ला। हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-१ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ।

सर्केगाड-१ जैरमा नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार बल कार्कीले ३ सय ३० मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका तारसिंह रावतलाई पराजित गरेका हुन्। रावतले २ सय ८० मत ल्याएका थिए।

त्यसैगरी नेपाली काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेद्वार सुवास रावतले २ सय १८ मत ल्याए। नेकपा एमालेको पुरै प्यानल विजयी भएको जैरमा खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला सदस्यमा बाँचुकला रावतले विजय हाँसिल गरेका छन्। जैरमा कुल ९ सय ५३ मत खखसेको थियो।