काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१ मा मतदान भएको जम्मा १९९६ मतको अन्तिम मतगणना गर्दा वडाध्यक्षमा बद्री प्रसाद जैसीले ७२४, महिला सदस्यमा बिन्दु कुमारी शाहीले ७३४, दलित महिला सदस्यमा सितली दमाईले ७३८, खुल्ला सदस्यमा कबिराम पुलामी मगरले ७३४ र गंग कामीले ७२० मत प्राप्त गरी माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।
यस्तै, नगरप्रमुखमा गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपाने ९२५ मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालकाे ५२०, नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यकाे ४१५ मत आएकाे छ।
त्यसैगरी, नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी उम्मेद्वार नारायणी वलीले ५३८, नेकपा एमालेकी अस्मिता चौधरीले ६०८ र नेपाली काँग्रेसकी सङ्गिता सुवेदीले ४६७ मत प्राप्त गरेका छन्।
स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। अहिले वडा नं. १५ को मतगणना जारी रहेको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।