कोहलपुर नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै (अपडेट)



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिकामा एकहजार मत गणना हुँदासम्म माओवादी केन्द्रकै अग्रता देखिएको छ।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-१ काे एकहजार मतगणना गर्दासम्म नगरप्रमुखमा गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका नरेन्द्र न्याैपाने ४४२ मतसहित अग्रस्थानमा छन्। यसैगरी नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालकाे २७३, नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यकाे २३० मत आएकाे छ।

त्यस्तै, नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी उम्मेद्वार नारायणी वलीले २९९, नेकपा एमालेकी अस्मिता चौधरीले २९१ र नेपाली काँग्रेसकी संगीता सुवेदीले २५१ मत प्राप्त गरेका छन्।

स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना शनिबार बिहान ११:३० बजेबाट काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ।