जुम्ला। जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ का स्वतन्त्र उम्मेद्वारले आफ्नो चुनावी घोषणा पत्र सार्बजनिक गरेका छन्।
वडा अध्यक्ष पदका उम्मेद्वार दलबहादुर खडकाले वडाको बिकासका निम्ति विभिन्न सुचक सहित घोषणापत्र सार्बजनिक गरेका हुन्।
६ नम्बरका वडा अध्यक्ष पदका उम्मेद्वार खडका स्वतन्त्र नागरिक रहेको वडाबासी बताउछन्। उमेरले पाका खडकाले गाउँको परिबेस बुझेको हुँदा बिकास गर्न आसा रहेको वडाबासिको भनाइ छ।
खड्काले भ्रस्टाचार मुक्त समाज, यो हो देशको आवज भन्ने सिदान्तसहित घोषणापत्रमा शिक्षा, संचार तथा प्रबिधी ,स्वास्थ्य, रोजगारी, कृषी, प्रयटन, मानबअधिकार लगायत ६ वटा सुचकसहित घोषणापत्र सार्बजनिक गरेका छन्।
खड्का २०४९ सालदेखि मसालबाट राजनितिमा सकृय छन्।