कालिकोट। प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा बुधबारदेखी सामुदायिक आँखा उपचार केन्द्र संचालनमा आएको छ।
आँखाको समस्या भएका बिरामीले अब गाउँस्तरमै सुबिधा पाउने भएका छन। यहाँका जनताले आँखामा समस्याका कारण भोगिरहेको पीडालाई मध्यनजर गरि सेवा र सुबिधाका लागि नरहरिनाथ गाउँपालिकाका नि: वर्तमान अध्यक्ष धीर बहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढाको विशेष पहलमा अस्पताल स्थापना गरिएको हो।
यसको प्राबिधिक सहयोग नेपाल नेत्रज्योति संघ तथा हिमालयन आँखा अस्पताल घारिपाटन पोखराको सहयोग रहेको छ।