गठबन्धनको तर्फबाट पाण्डे उपाध्यक्षको उम्मेदवार



कालिकोट। जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट उपाध्यक्षमा कृष्णकला पाण्डेको उम्मेदवारी दर्ता भएको छ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पालिकाबाट ३ जनाको सिफारिस भएता पनि जिल्ला कमिटी र प्रदेश कमिटीकाे बैठेक अनुसार गठबन्धनमा माओवादी केन्द्रबाट डम्बर बहादुर शाही गाउँपालिकाकाे अध्यक्षमा सिफारिस भएका थिए। त्यस्तै गाउँपालिकाकाे उपाध्यक्षमा कृष्णकला पाण्डेकाे उम्मेदवारी सिफारिस भएकाे थियो।

यस्तै नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी कालीकाेटकी उपसचिव एंवम अखिल नेपाल महिला संघ समाजवादी जिल्ला कार्य समिती अध्यक्ष पनि हुन्।