राजनीतिलाई सेवा भनिन्छ। तर, यसपाली वडा अध्यक्ष र पालिका प्रमुखमै हाना थाप किन सेवा गर्न कि निर्वाचित भैसकेपछि जीवनशैली परिवर्तन गर्न गएका ५ वर्षमा निर्बाचित जनप्रतिनिधीका फेरिएका जीबनशैलीले पनि होला पदका लागि हानाथाप भएको त्यसमा पनि गठबन्धनमा सित्तैमा जित्न पाईने र आफ्ना आसेपासेलाई टिकट दिन पाइने भए पछि त जनै हानाथाप भएको एकाध बाहेक कटुसत्य देखिन्छ।
कर्नालीमा कर्मचारी पठाए जस्तै अर्को जिल्लाको र पालिकाको मान्छे पठाउन मिल्ने भए आफै खल्तीबाट नाम निकालेर नियुक्ती दिएर नियुक्ती दिएर पठाउथे होला। हिजो आज पीडित नेता र कार्यकर्तामा देखिएको असन्तुष्टीले टिकट वितरणमा कुनै मापदण्ड नअपनाईएको कतै बहुमतको आडमा कतै नेताको आर्शिबादका बलमा नै टिकट बितरण भएको गुनासो सुनिन थालेको छ। पालिकाबाट सिफारिस भई आएका उम्मेदवार मध्य तपाई नभए को हो त भनेर वा तपाईले नपाउदा को हो? गठबन्धनमा तपाईको पालिकामा के-के पार्दा ठिक हुन्छ। सोधिएन र सोध्ने प्रयास गरिएन जस्तो छ उदाहरणका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट मेयर पदमा म पनि प्रस्ताबित उम्मेदवार थिएँ।
तर हामीले उपमेयरसहित सम्मान जनक सिट मागेका थियौं। कर्नाली प्रदेश संसदिय बोर्डले १ पटक पनि सोधेन कि रास्कोटको आबश्यकता के हो। म पनि कर्नाली प्रदेश कार्य समितिको लागि गएको अधिबेशनमा प्रतिस्पर्धामा थिएँ र सम्मानजनक मत १० जिल्लाका नेता साथीहरुले दिनु भएको थियो १० वटै जिल्लाका साथीहरु अहिले पनि सम्पर्कमा हुनु हुन्छ। सेवा गर्ने हो मेरो राजनैतिक र सामाजिक सेवामै निरन्तरता छ। मेरो गुनासो छैन तर काल पल्केलाकि भन्ने मात्रै डर हो समयमा सचेत गराउन सचेत राजनितिक कर्मीको कर्म पनि ठानेको छु।
राजनीतिक वा सामाजिक सेवा मार्फत मेरो आफ्नै बलियो संजाल छ। सो संजाल बिस्तार भैरहेकै छ।कालिकोट मा नेपाली कांग्रेसलाई समाजबादीको हैसियतमा राख्नुले बार्ता कमिटीमा कालिकोटका कुरा नसुनिएका हुन् वा तिमीहरुले पाटीका ठूला पद पाईसक्यौ चुपलाग भनिएको हो यस्को जबाफ आफ्नै पाटीका नेताहरु संग माग्नु पर्ने अबस्था छ।
बार्ता चलिरहदा माआबोदीबाट अभिभाबक गुमाएका,पिडित भएकाहरु गठबन्धन गर्नु पर्छ भन्ने पक्षमा र माआबोदीले पिडा दिएका बेला सयल गर्नेहरु गठबन्धनको खिलापमा देखिन्थे। बार्ताको नाममा अलमल आफु गाउँमा अभियान चलाउने र अलमल्याउने निती प्रस्टै देखिन्थ्यो। त्यसपछि प्रदेशको बार्ताले समय खायो समयमा गठबन्धनको बार्ताले सकारात्मक मोड नलिदा माआबोदी पाटीले कालिकोटमा अलमल्याउदा त्यही पाटीभित्र असन्तुष्टि पैदा भएको छ जो थामी नसक्नु भएर आएको छ। थामथुम त पार्लान तर गठबन्धनमा अरु दल बिश्वस्त हुने अबस्था देखिदैन। कतै स्वतन्त्र उम्मेदवारी र कतै पाटी परित्यागले चरम असन्तुष्टी पुष्टी गरिरहेको छ।
कार्यकर्तालाई आस्वासनका पोका बाडेर गुम्स्याई राख्दा आउने परिणाम यहि हो। कालिकोटमा गठबन्धनमै जानु पर्छ भन्ने निरन्तर मत राखि रहियो अफै पनि हरेक पाटीले आन्तरिक गाँठाबन्धन बलियो बनाउने र त्यसपछि समग्र गठबन्धनको कुरा तिर लाग्दा मात्रै पत्याउने बातावरण बन्ला अन्यथा नसोचेको परिणाम आउने देखिन्छ।
अर्को रोचक पक्ष त के छ भने यसपालिको स्थानिय तहको निर्बाचनको उम्मेदवारीले के देखायो भने अब संघ र प्रदेशमा पनि कतै स्वतन्त्र त कतै बागी भएर उम्मेद्वारको संख्या बढ्ने नै देखियो। धेरै शुभचिन्तक र साथीहरुले सोध्नु भयो के मा उठ्नु भो तयारी के थियो त्यसको जबाफ दिनु पर्ने भयो। रास्कोटको मेयरका लागि रास्कोटका नेता साथीहरुले नेपाली कांग्रेस पाटीबाट सिफारिस आएको र सो सिफारिस प्रदेश सभा र जिल्ला हुँदै कर्णाली प्रदेश कार्य समितिमा पुगेको थियो होला। तर, मेरो माग मेयर भन्दा उपमेयर सहित सम्मान जनक भागबण्डाको र गठबन्धनको तालमेलका लागि नै थियो अहिले पनि त्यही छ।
अबको राजनितीक यात्रा भनेको कर्नाली प्रदेश हुँदै केन्द्रिय राजनितीमा पुग्ने नै रहनेछ। अब प्रदेश सांसदको तयारीका लागि अभियान प्रारम्भ गरिने अर्को ५ वर्षपछि त्यस्तै बिशेष परिस्थिति बाहेक मेयरमा फेरी पनि नाम लेखाई दिनु पर्यो भनेर पालिकामा गईदैन सके अगाढी नै बढ्ने हो। नयाँ पुस्तालाई अबसर दिने हो चुनाव हारोस् वा जितोस् एउटै ब्यक्तिलाई पटक पटक दोहोरयाई तेहेरयाई रहने पिडितलाई। रुवाएर कहिले श्रीमान कहिले श्रीमति कहिले आफन्तलाई पद दिलाउनका गरिने राजनीतिक अबसरबादको अन्त्यका लागि सबै पीडित अवसर नपाएका पक्ष र समुदाय एक ठाउँमा अभिएर पाटीभित्र र बाहिर संघर्ष जारी राख्नु जरुरी छ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेर स्थानिय निर्बाचनलाई स्वस्थ र मर्यादित बनाऔं। परिबर्तनकारी र लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिऔं ।हाम्रो भन्दा राम्रो उम्मेदवारलाई मतदान गरौं। उम्मेदवारी फिर्ता गर्ने समयभित्र बुद्धिमता तरिकाले बठबन्धन घटक भित्र कालिकोटमा नेपाली कांग्रेसलाई सम्मान जनक सिटका लागि वडा हरुमा सम्मानजनक प्रतिनिधित्वका लागि पुर्न बार्ता प्रारभ्म गरियोस्। अधिकतम लचकता अपनाएर आ-आफना दम्भ र घमण्ड त्यागेर आफ्नालाई र आफनो पालिकालाई सेट गर्न गठबन्धन गर्नु भन्दा पनि प्रतिशोध, लोभ र पापलाई त्यागेर उम्मेदवारी दिएका मध्य असल मान्छे पिडित मान्छे कहाँ छन् पुन सिट बाँडफाँट गर्दा पनि फरक पर्देन। कर्नालीमा गरिएको गठबन्धनको न मापदण्ड मिलेको छ। न सैद्धान्तिक र ब्यबहारिक पक्ष मिलेको छ केही पनि मिलेको छैन। एउटा पाटीको सिपाई हुनुको नाताले केन्द्रिय नितीको पालना गर्दै गठबन्धनको पक्षमा छु। तर, गठबन्धन न्यायोचित हुन्। जरुरी छ, भोली कसैको सांसदको पद सुरक्षित गरेर कसैको पालिकाको कोही नातोवालालाई सेट गर्न गरिएका गठबन्धनको परिणामले सार्थक रुप लिने देखिँदैन।