गठबन्धनका तर्फबाट नरहरिनाथ गापा अध्यक्षमा बिष्टको उम्मेदवारी



कालिकोट। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा धीर बहादुर बिष्टको उम्मेदवारी दर्ता भएको छ।

सत्तापक्ष गठबन्धन अनुसार गापाको अध्यक्ष पद एकीकृत समाजवादीले पाएको छ। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रले प्राप्त गरेको छ। एकीकृत समाजवादी पार्टीका तर्फबाट चारजना अध्यक्ष पदका आकांक्षि रहेका थिए।

बिष्टसहित अध्यक्षका लागि प्रदेश कमिटी सदस्य वीरेन्द्र बुढा, पार्टीका जिल्ला उप सचिव दान बहादुर सहकारी र पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य धनराज वास्तविक सिफारिस भएका थिए।