वडा अध्यक्षमा युवा नेता बोहराको उम्मेदवारी



कालिकोट। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा युवा नेता प्रदिप बोहराले उम्मेदवार दर्ता गरेका छन्।

वडा कमिटीबाट युवा नेता बोहराको प्रस्ताव आएपछी बोहराले नेकपा (एमाले) बाट वडा नम्र ९ को वडा अध्यक्षमा उम्मेदवार दर्ता गरेका हुन्। आगामि बैशाख ३० गतेको निर्वाचनमा जनताको चाहानअनुसार समग्र वडाको बिकास गर्नेगरी उम्मेदवार दर्ता गरेको उनको भनाई छ।                                                                                                                                  बोहराको राजनीतिक जीवन   
सानै उमेरदेखी राजनीती तिर चासो दिदै आफ्नै परिवारभित्र राजनीतिमा माथी उठेको कोहि पनि ब्यक्ती नभएको, राजनीति गर्ने अन्य अग्रज नेताहरुबाट प्रभावित नेकपा एमालेको संस्थापक क्षेत्र एवं गढ नै मानिएको आफ्नो क्षेत्रको कम्युनिस्ट आन्दोलन बाट प्रभावित भई २०६८ सालमा कक्षा ८ मा पढ्दै गर्दा जनप्रभात माध्यमिक बिद्यालयको अनेरास्ववियु प्ररम्भिक कमिटी अध्यक्ष, २०६९ सालमा अनेरास्ववियुको १०औं जिल्ला सम्मेलन बाट जिल्ला कमिटी सदस्य, २०७२ सालमा कान्तिपुर कलेज काठमाडौ कमिटी सचिव हुँदै पढाईको सिलसिलामा राजधानी काठमाडौँमा नेकपा एमाले र एमाले निकट विभिन्न जनबर्गिय संगठन का विभिन्न आन्दोलनमा सहभागी र विभिन्न सामाजिक काममा आफ्नो सहभागिता जनाउदै करिब ६ वर्ष सम्म सामेलहुँदै राजनीति लाई नजिक बाट अध्ययन गर्न र आफ्नो राजनीतिक ज्ञानलाई बढाउन काठमाडौ को त्रि- चन्द्र कलेज बाट २०७७ सालमा राजनिती शास्त्रमा स्नातक तह अध्ययन सकियो।
२०७८ पुस २३ गते भएको नेकपा एमाले १० औ जिल्ला अधिबेशन को प्रतिनिधि हुँदै २०७८ साल माघ ५ गते नेकपा एमाले नरहरिनाथ गाउँ कमिटी को विशेष अधिबेशन बाट पार्टी सचिवको जिम्मेवारि पाएको। हाल २५ बर्षको उमेरमा कालिकोट नरहरिनाथ गाउँपालिका वार्ड न-९ मा नेकपा एमालेको तर्फबाट वार्ड अध्यक्षको उम्मेदवारी