सान्नीत्रिबेणी-२ को वडाध्यक्षका लागि माओवादी केन्द्रका बसन्त बुढाको उम्मेदवारी दर्ता



कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट सान्नी त्रिबेणी गाउँपालिका-२ को वडाध्यक्ष पदका लागि बसन्त बहादुर बुढाको उम्मेदवारी दर्ता भएको छ।

बिगत केही वर्षदेखी माओवादी केन्द्रमा सक्रिय भएर लागेका बुढाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा आफूले वडाध्यक्षको लागी उम्मेदवारी दर्ता गरेको बताए। कर्णाली सन्देशसँग टेलिफोनमा कुरा गर्दै पार्टीको बैठकले आफूलाई सर्वसम्मत वडाध्यक्षको टिकट दिएको उनले जानकारी दिए। अब वडा न. २ मा अत्याधिक बहुमतको साथ जित्ने कुरामा कुनै दुई मत नभएको उनले बताए।

सान्नी त्रिबेणी गाउँपालिका-२ स्थायी घर भएका बुढा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कालिकोट जिल्ला सान्नी त्रिबेणि गाउँ कमिटी सदस्य हुन्। बुढा सो गाउँपालिकामा लोकप्रिय, समाजसेवी, युवाको आशा र भरोसाका केन्द्र विन्दु समेत मानिन्छन्।