कालिकोट। सान्नित्रिबेणी गाउपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट भरत बिकको चर्चा चुलिएको छ।
वडामा सबैभन्दा लाेकप्रिय र अन्य दलहरुले पनि स्वीकार्ने नेताका रुपमा वडा कार्य समितिले बिकलाई सर्बसम्मत उम्मेदवार बनाउनुपर्ने कुरा सभापति मैपती अधिकारीले बताएका छन्। भरत विक वडाध्यक्ष जित्दै गर्दा सम्पूर्ण पार्टीका जनताले न्यायप्राप्त गर्ने कुरा वडाबासीले गरेकाे देखिन्छ।
नेता विक राजनीतिबाट तिखारिएर पदमा रहि गरिब दलित र बिपन्न जनतालाई न्याय दिनुपर्छ भन्ने एक अगुवा युवाका रुपमा परिचित छन्।