नरहरिनाथ-४ को वडाध्यक्षमा राप्रपाकी युवा नेत्री सहकारी आकांक्षी



कालिकोट। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नरहरिनाथ गाउँपालिका-४ को वडाध्यक्ष पदका लागि युवा नेत्री सिर्जना सहकारी आकांक्षी देखिएकी छन् ।

२०५५ साल देखी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा सक्रिय भएर पार्टीमा लागेकी युवा नेत्री सहकारी आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा आफू वडाध्यक्षको लागी आकांक्षी रहेको बताएकी छन्।

उनले शनिबार कर्णाली सन्देश डटकमसँग कुरा गर्दै पार्टीको बैठकले आफूलाई वडाध्यक्षको टिकट दिए वडा न. ४ मा अत्याधिक बहुमतको साथ जित्ने बताईन्।

नरहरिनाथ गाउँपालिका वडा-४ स्थायी घर भएकी सहकारी राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सदस्य एवम् महिला संघ जिल्ला अध्यक्ष समेत हुन् ।