कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट सान्नी त्रिबेणी गाउँपालिका-२ को वडाध्यक्ष पदका लागि बसन्त बहादुर बुढा आकांक्षी बनेका छन्।
बिगत केहि बर्ष देखी माओवादी केन्द्रमा सक्रिय भएर लागेका बुढाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा आफू वडाध्यक्षको लागी आकांक्षी रहेको बताएका छन्। शुक्रबार कर्णाली सन्देश डटकमसँग टेलिफोनमा कुरा गर्दै पार्टीको बैठकले सर्वसम्मत रुपमा वडाध्यक्षको टिकट दिए वडा न. २ मा अत्याधिक बहुमतको साथ जित्ने कुरामा कुनै दुई मत नभएको उनले बताए।
सान्नी त्रिबेणी गाउँपालिका-२ स्थायी घर भएका बुढा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कालिकोट जिल्ला सान्नी त्रिबेणि गाउँ कमिटी सदस्य हुन्। बुढा सो गाउँपालिकामा लोकप्रिय, समाजसेवी, युवाको आशा र भरोसाका केन्द्र विन्दु समेत मानिन्छन्।