जुम्ला। कनका सुन्दरी गाउपालिका वडा नम्बर ४ का अध्यक्ष भुपेन्द्र मल्लले चुनाबी घोषणा पत्र सार्बजनिक गरेका छन्।
मल्लले आफू वडा अध्यक्ष मा निर्वाचित भएपछी कनका सुन्दरी वडा नंबर ४ मा गर्ने बिकाशलाइ समेटेर उक्त घोषणापत्र सार्बजनिक गरेका हुन्।
४ नम्बर वडामा गठबन्धनले वडामा अध्यक्ष को टुंगो नलागी सकेको अवस्थामा मल्ल नेकपा एमालेका एक्ला प्रत्यासी हुन्।
नेकपा एमालेका जिल्ला समिती सदस्य रहेका मल्लले आफ्नो घोषणा पत्रमा शिक्षा तर्फ वडामा रहेका बिद्यालयमा शिक्षकहरुको दर्बन्दी थप्न पहल गर्ने, बिद्यालयको स्तरउन्नती गरि प्रत्यक बिद्यालयमा कम्प्युटर मार्फत पठन पाठनको ब्यबस्था गर्ने, सिटिइभिटि मार्फत मान्यता प्राप्त सामुदायीक प्राबिधिक शिक्षालय स्थापना गर्ने, वडाका सबै वालबाकिका मध्य १ जनालाई छनौट गरि वडाले नै प्राबिधिक शिक्षामा छात्रबृती मा पठन पाठन गराउने घोषण पत्रमा उल्लेख छ।
त्यस्तै स्वास्थ्यमा पालिका स्तरिय अस्पतालमा डाक्टरको ब्यबस्थापन र नियमित स्वास्थ्य जाँच गराउने बाताबरण बनाउने, वडामा रहेका सम्पुण घरधुरिको स्वास्थ्य बिमा वडाले गराइदिने र सेवाग्राहिले पलिकामा रहेको अस्पतालमा मात्र सेवा लिन पाउने ब्यबस्था गरिने उनले उल्लेख गरेका छ्न्।
मल्लले गोठिज्युला बजारबाट पर्यटकिय स्थल कनकासुन्दरी मन्दिर सम्मको सडक बाटो कालो पत्रे गर्न पहल गर्ने यातायात तिर बिकासमा उल्लेख गरेका छन्। त्यस्तै कृषि क्षेत्रमा पालिका बाट प्राप्त बजेटबाट केही प्रतिशत छुट्ट्याइ जग्गा भाडामा लिइ वडा भित्रका दक्ष जनशक्ति को परिचालन गरि स्याउ, ओखरका बुटा उमारी बितरण गर्ने र उत्पादनलाई टेवा पुर्याउने सोछ राखेको उनको घोषणपत्रमा उल्लेख छ।
वडामा रहेका बेरोजगार युवा युवतिहरुलाइ समुहमा बिभाजित गरि हप्तामा ६ दिन सार्बजनिक कार्यमा खटाउने र ६ दिनको भत्ता वडाले उपलब्ध गराउने सोच रहेको घोषणा पत्रमा उल्लेख छ। घरघरमा खानेपानी को ब्यबस्था गरिदिने , बन बालुवा, ढुंगा, गिट्टिको ब्यबस्थापन मा सहयोग गर्ने योजनापनी समाबेश रहेको छ।
म सिंजा उपत्यकालाइ माया गर्ने छु लेखियको भिउ टावर निर्माण गरिने पनि उनको घोषणा पत्रमा उल्लेख छ। मल्लले आफू वडामा निर्वाचित भैसकेपछी पहिलो दिन आफ्नो सम्पत्ती बिबरण सार्बजनिक गर्ने पनि बताएका छन्।