डोल्पा जिल्ला बन्यो समाजवादीमय



डोल्पा। डोल्पा जिल्लालाई एकीकृत समाजवादीको लाल किल्ला घोषणा गरेको छ।

चैत २७ गते पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल, उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले डोल्पालाई एकीकृत समाजवादीको लाल किल्ला घोषणा गरेका हुन्।

नेपाल सरकारका पर्यटन मन्त्री प्रेम आले, पोलिट ब्युरो सदस्य हंस बहादुर शाही, पार्टी केन्द्रीय सदस्य एवं डोल्पा जिला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य धन बहादुर बुढाले बृहत जनसभालाई सम्बोधन गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोल्पा जिल्ला कमिटीको आयोजनामा चैत २७ गते डोल्पा दुनैमा बिशाल जनसभा सम्पन्न भएको हो।

डोल्पा जिल्ला कमिटी अध्यक्ष नन्दसिंह बुढाको अध्यक्षता र सचिव हरिप्रसाद डाङ्गीको सन्चालनमा भएको उक्त सभालाई प्रमुख अतिथि पार्टी अध्यक्ष माधव नेपालले सम्बोधन गरेका थिए।

युवा संघ केन्द्रीय उपाध्यक्ष कमरेड नितेश पौडेल लगायतका बक्ताहरुद्वारा सम्बोधन गरेखा थिए। कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १ हजार ३ सयभन्दा बढी ब्यक्तिहरु नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन्।