प्रचण्डको भाइ नारायण राष्ट्रिय सभा सदस्य मनोनीत



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन्।

शुक्रबार सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन्।

उनी प्रचण्डका अङ्कलका छोरा हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी मनोनित भएका हुन्।