कोहलपुर। कोहलपुर नगरपालिका वडा नं. १२ मा भोलि चैत्र २३ गतेदेखि चैत्र २८ गतेसम्म टाईफाईड रोग विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन हुने भएकोछ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर-१२ का प्रमुख नरेन्द्र थापा क्षेत्रीका अनुसार १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि चैत्र २३ र २४ गते ज्ञानज्योती मावि खोपकेन्द्रमा, २५ र २६ गते दिपज्योती विद्याश्रम मावि खोपकेन्द्रमा र चैत्र २७ र २८ गते ग्रिनपिस मावि खोपकेन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।
उक्त समयमा आफूलाई सहज पर्ने नजिकैको खोपकेन्द्रमा गई टाईफाईटड रोग विरुद्धको खोप लगाई सुरक्षित रहन बालबालिका तथा अभिभावकहरुका लागि आधारभुत स्वास्थ्य सेवा केन्द्रले सुचना प्रकाशित गरेको छ।
सुचना