प्रतिष्ठानको सेवा प्रभावकारी बनाउन केन्द्रित छौं: डा. रावल ।



काठमाडौँ। जुम्लामा रहेको कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपकुपतिका रुपमा डा.मंगल रावल नियुक्त भएको एक वर्ष भयो । डा रावलको एक वर्षको अवधिमा जुम्लामै विशषज्ञ चिकित्सक उत्पादनदेखि शैक्षिक प्रशासनिक भौतिक पूर्वाधार निर्माणले फड्को मारेको छ।

एक वर्ष पुगेको अवसरमा आईतबार पत्रकार सम्मेलन गर्दै उपकुलपतिको रुपमा डा.रावलले कार्यभार सम्हालेको एक वर्षमा जुम्लामै एमविविएस,विएनएस,बि.फारर्मा लगायतका शैक्षिक कार्यक्रमको शुरुवात र पूर्वाधार निर्माणको क्रम तिब्र रुपमा भएको जनाइएको छ।

उपकुलपतिको एकवर्षे प्रगती विरणमा प्रस्तुत गर्दै रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानले पछिल्लो एक वर्षमा महत्वपुर्ण शैक्षिक कार्यक्रम सञ्चालन,अनुसन्धान ,सेवा प्रवाह जोड शुसासन,र भौतिक सरंचना निर्माणले गती लिएको उल्लेख गरेका छन। रजिस्टार महतका अनुसार शिक्षातर्फ एमविविएस,विएनएस,बि फार्मा लगायतका कार्यक्रम शुरु भएका छन्।                                                                                                                                                      शिक्षा अन्तर्गतनै एमडी, एमएस, एमविविएस, विएनएस, विएमएस, विपिएच लगायतका कार्यक्रम संचालनका लागि प्राज्ञिक ज्ञान आदानप्रदान गर्न देशका झण्डै एक दर्जन अस्पतालसंग सम्झौता गरिएको छ। त्योसँगै एमडिजीपि,एमडी कार्यक्रमको निरन्तरता र हाडजोर्नी विषयमा स्नातकोत्तर तहको पढाइ शुरु भएको छ ।
अनुसन्धान तर्फ २० वटा विभिन्न विषयमा अनुसन्धान भईरहेको महतले बताए। प्रतिस्ठानमा सेवा तर्फ छालारोग,आँखा रोग,नाक कान,घाँटीरोग,बाल दन्तरोग,विशषज्ञ सेवा शुरु भएको छ। नाक काँन घाटीको शल्यक्रिय,हिस्टो प्याथोलोजी,पाठेघरको मुखको पूर्व क्यान्सरको उपचार शुरुवात भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतिस्ठान मा रहेको ५ बेडको एचडियूसेवा ५० बेडमा स्तरबृद्धि,६ बेडको अप्रेसन उपचार,१८ बेडको भेन्टीलेटर रहेका छन । अस्पताललाई पुर्ण डिजिटलाइसेशन गर्न इलेक्ट्रोनिक मेडिकल रेर्कड प्रणाली जडान भएको छ । कर्णालीका दुर्गम जिल्ला हुम्लामा एमडिजिपी विशषज्ञ डाक्टरबाट सेवा प्रवाह भईरहेको पनि बताइएको छ ।

उपकुलपति रावल को यो एक बर्से कार्यकालमा प्रतिष्ठानको व्यायभार घटाउन एउटा मात्र डिन राख्ने,काठमाण्डौ सम्पर्क कार्यालय सार्ने जस्ता महत्वपुण काम भएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताउनुभयो ।

हाल प्रतिस्ठानको टोलि औषधी आपुर्ति,सेवा प्रवाह संचार सहकार्य,दुर्गम जिल्लामा सेवा प्रवाह देखि प्रतिष्ठानको मेडिकल कलेज छात्राबास,शैक्षिक प्रशासनिक भवन, तत्काल निर्माण गर्न जुटिरहेको उहाँको भनाई छ ।

मेडिकल हबका रुपमा पूर्वाधार बन्दै
कर्णाली प्रतिष्ठान स्थापना भएको १० वर्षको अवधिमा हाल सम्म विभिन्न ९ वटा विशषज्ञ स्तरका शैक्षिक कार्यक्रम संचालन भईरहेका छन् ।

पूर्वाधार अभावले प्रतिष्ठानको सेवा प्रवाह,अध्यायन,अनुसन्धानमा पारेको प्रभावलाई मध्यनजर गरी उपकुलपति रावल र रजिष्टार नृपेन्द्र महत ले प्रतिष्ठानको पूर्वाधार निर्माणलाई अघि बढाएको छ सम्मेलनमा भनिएको छ ।
जस अन्तरर्गत गएको फागुन २६ गते राष्ट्पति विद्यादेवी भण्डारीले ७६ करोड लागतको शैक्षिक प्रशासनिक भवन निर्माणकालागि शिलान्यास गरेकी थिईन् ।
भने चन्दननाथ नगरपालिका ३ स्थित च्यारेचौरमा मेडिकल हबकै रुपमा करिब २ दर्जन बढी शैक्षिक प्रशासनिक तथा आवासका लागि भौतिक संरचना निर्माण शुरु गरिएको छ ।
जुम्लालाई मेडिकल हबका रुपमा विकास गर्न च्यारे चौरमा २३ वटा भवन निर्माण प्रक्रिया थालिएको, बन्दै गएका २३ वटा भवनलाई पुर्णता दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहुदै अर्थमन्त्रालय सम्म फाईल पहल गरिरहेको उपकुलपति रावलले बताउनुभयो ।

पूर्वाधारको विकास बिना प्रतिष्ठानको अध्यायन,अनुसन्धान र सेवा प्रवाहको लक्ष्य पुरा नहुने भएकोले विशषज्ञ शैक्षिक कार्यक्रम सञ्चालन संगै पूर्वाधार निर्माणमा जोड दिएको रावलले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“आफ्नो पहल समन्वय तथा पदाधिकारीको सहयोगमा एमविविएस संचालनेदखि अस्पतालको स्तरबृद्धि,पूर्वाधार निर्माण,राष्ट्पतिको जुम्ला भ्रमण,सिनेट बैठकको आयोजना लगायतका महत्वपुर्ण काम भएका छन् । अब सेवा प्रवाहलाई प्रभावकारी बनाउन तर्फ ध्यान केन्द्रित भएको छ ।”

दुर्गम मात्र नभै देशकै भरोसा योग्य बनाउन र कर्णाली प्रतिष्ठानका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रतिष्ठान परिवार सधै डटिरहने डा रावलको भनाइ छ ।