काठमाडौँ। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) इकाई समितिको सभापतिमा विनोद मन्जन निर्वाचित भएका छन्।
मंगलबार मन्जनको सभापतित्वमा ११ सदस्सीय इकाई समिति निर्विरोध निर्वाचित भएको हो। समितिको उप सभापतिमा ढाकाराम सापकोटा, सचिवमा वाशुदेव ढुङ्गेल, सहसचिवमा बिदुला घिमिरे र कोषाध्यक्षमा राबहादुर कार्की चयन भएका हुन्।
त्यस्तै सदस्यमा समिरा कार्की, बुद्धिप्रसाद सापकोटा, श्रीराम न्यौपाने, श्रीराम पौडेल, शशिनाथ मरासनि र पवनकुमार बुढाथोकी चयन भएका छन्।