काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागको प्रथम बैठकबाट प्रकाश खतिवडा विभागको सचिव पदमा सर्वसम्मत चयन भएका छन्।
आइतबार सम्पन्न प्रथम वैठकले खतिवडालाई विभागको सचिव पदमा सर्वसम्मत रुपमा चयन गरेको हो। विभाग प्रमुख तथा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा बसेको पहिलो वैठकले खतिवडालाई सचिवमा चयन गरेको थियाे।
सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा पार्टीका महासचिव डा.बेदुराम भुसाल, उपमहासचिव खतिवडालगायतका नेताहरुले खतिवडालाई बधाई ज्ञापन गर्दै जिम्मेवारी सम्हाल्न निर्देशन दिएका छन्।