काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आउँदो निर्वाचनमा चुनाव चिन्ह कलमको विजय अनिवार्य रहेको बताए।
साेमबार अनेरास्ववियू कर्णाली प्रदेशको प्रथम भेलामा बोल्दै अध्यक्ष पराजुलीले विद्यार्थीको गौरवपूर्ण प्रतिक रहेको बताउँदै आसन्न निर्वाचनमा कलमको विजय अनिवार्य भएको बताएका हुन्।
उनले भने, ‘प्रतिगामीहरुका विरुद्धमा कलमको विजय अनिवार्य छ। अनेरास्ववियूका सार्थीहरुले स्थानीय तहको निर्वाचनमा खट्नुपर्नेछ। पार्टीलाई जिताउनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्छ। त्यसका लागि अनेरास्ववियूका साथीहरु निर्वाचन केन्द्रीत हुनुपर्छ। कलम चिन्हलाई जिताउने जिम्मा हाम्रै हो। कलम चिन्ह विद्यार्थी आन्दोलनको गौरव भएका कारण यसलाई जिताएर थप ऐतिहासिक बनाउनुछ।’
उनले कलम नेपाली विद्यार्थी समुदायको लागि गौरवको विषय भएको बताए। अनेरास्ववियू कर्णाली प्रदेशको प्रथम भेलालाई सम्बोधन गर्दै पराजुलीले त्यस्तो बताएका हुन्।
आरआर क्याम्पसमा समपन्न भेलाले मदन शाहीको अध्यक्षमा संगठन निर्माण गरेको छ। कार्यक्रममा अनेरास्ववियूका उपाध्यक्ष केशरी रेग्मी, सचिव रमा रेग्मी, मनिशा कार्की लगाएतले आफ्ना कुराहरु राखेका थिए।