काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले काठमाडौमा आयोजित एक कार्यक्रममा पत्रकार खेम भण्डारीव्दारा लिखित “हावामहलका कुशल कारिगर” पुस्तिकाको विमोचन गरेका छन्।
अध्यक्ष नेपालले पुस्तिकाले केपी ओलीको वास्तविक चरित्र खुलाएको बताए। उनले दुई तिहाईको सरकार चलाउन नसक्ने ओलीले हावामा महल बनाएर भित्रभित्रै तानाशाह हुन खोजेको तथ्यलाई पुस्तिकाले सप्रमाण प्रस्तुत गरेको बताए।
लेखक भण्डारीको पुस्तिका १३ खण्डमा बिभाजित छ । २०७४ कार्तिकदेखि २०७८ भदौ ९ सम्मको घटनाक्रममा आधारित पुस्तिकामा नेकपा पार्टी गठनका पछाडी ओली नियतको विश्लेषण गरिएको छ । तानाशाह बन्न ओलीले कस्ता तानाबाना बुनेका थिए भन्नेमा पनि पुस्तिकाले प्रकाश पारेको छ।
लेखक भण्डारीका अनुसार माधव नेपाल समूहले बिद्रोह नगरेको भए मुलुक अधिनायकको हातमा पर्ने तथ्यलाई पुस्तिकामा प्रमाणसहित व्याख्या गरिएको छ । उनले पुस्तिका पढेर तथ्यको खण्डन गर्न असहमतहरुलाई चुनौती पनि दिएका छन्।