काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) दक्षिणपन्थि अवसरवादमा परिणत भएको बताए।
शनिबार काठमाडौँमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले एमाले बुर्जुवा गुटको रुपमा परिणत भइसकेको बताएका हुन्। साथै उनले आगामी निर्वाचनमा दुई–तीन सिट जित्ने दाबी गरेका छन्।
उनले, ‘केपी ओली नेतृत्वको एमाले गुट मात्र हो। हाल एमालेले गठबन्धनका दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी हुन्। उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिन्छ।’
उनले एकीकृत समाजवादी पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद भएको बताए। सहि विचार र कार्यक्रम भएको बताउँदै छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दाबी गरे।