अनेमसंघ (समाजवादी) को वृहत भेला सम्पन्न (फोटोसहित)



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले एमाले दक्षिणपन्थी भासमा भासी सकेको बताएका छन्।

शुक्रबार अखिल नेपाल महिला संघ (समाजवाद) काठमाडौँको वृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अधक्ष्य नेपालले एकीकृत समाजवादीको जनलहर देखेर बैरी र बिरोधिहरुले मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गरेका छन्।

संगठनकी जिल्ला अध्यक्ष सुशिला खतिवडा कँडेल अध्यक्षमा सम्पन्न वृहत भेलामा अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीको लोकप्रियता देखेर केही मान्छेहरु बराली रहेक छन्। नभएका हल्लाहरु चलाइ रहेका छन्। मन्त्री प्रेम आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्ने हल्ला चलाए। यो सब गर्नुको पछाडीको कारण अरुको राम्रो देख्न नसक्नु हो। पार्टीको पक्षमा जनलहर बढेको छ। कार्यक्रम स्थल साघुरा बन्न थालेका छन्।’

उनले भने, ‘कुर्सीहरुको उत्पादन बढाउनु पर्यो पार्टीको सही विचारका कारण, प्रगतिशील विचार र कार्यक्रम भएका कारणले हाम्रो पार्टीप्रति जनताको उपस्थिति बढेको हो। हाम्रो पार्टी देशभक्तिको भावनाका साथ अघि बढिरहेकोछ। देशको स्वार्थलाई शीरमा राखेर अघि बढी रहेछ। हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक मूूल्य मान्यतालाई आत्मसात गर्दै समाजवादको स्थपना गर्ने लक्ष्य बोकेको छ।’