चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा



काठमाडौँ। तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्।

विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन्। विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वागत गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन्। उनी त्यही बस्नेछन्। मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ। वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन्। त्यसपछि नेपालका समकक्षी डा।नारायण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ।