काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले एमाले दक्षिणपन्थी भासमा भासी सकेको बताएका छन्।
शुक्रबार अखिल नेपाल महिला संघ (समाजवाद) काठमाडौँको वृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अधक्ष्य नेपालले एकीकृत समाजवादीको जनलहर देखेर बैरी र बिरोधिहरुले मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गरेका छन्।
उनले भने, ‘हाम्रो पार्टीको लोकप्रियता देखेर केही मान्छेहरु बराली रहेक छन्। नभएका हल्लाहरु चलाइ रहेका छन्। मन्त्री प्रेम आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्ने हल्ला चलाए। यो सब गर्नुको पछाडीको कारण अरुको राम्रो देख्न नसक्नु हो। पार्टीको पक्षमा जनलहर बढेको छ। कार्यक्रम स्थल साघुरा बन्न थालेका छन्। कुर्सीहरुको उत्पादन बढाउनु पर्यो पार्टीको सही विचारका कारण, प्रगतिशील विचार र कार्यक्रम भएका कारणले हाम्रो पार्टीप्रति जनताको उपस्थिति बढेको हो। हाम्रो पार्टी देशभक्तिको भावनाका साथ अघि बढिरहेकोछ। देशको स्वार्थलाई शीरमा राखेर अघि बढी रहेछ। हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै समाजवादको स्थपना गर्ने लक्ष्य बोकेको छ।’
अध्यक्ष नेपालले एमालेलाई प्रतिगामी पार्टीका रुपमा चित्रण गरेका छन्। उनले भने, ‘हाम्रो पार्टीभन्दा धेरै फरक छ। एमाले दक्षिणपन्थी पार्टी हो। प्रतिगामी पार्टी हो। हाम्रो पार्टी प्रगतिशील पार्टी हो। एमाले व्यक्तिवादमा विश्वस गर्ने गर्छ। हामी सामुहिकता विश्वास गर्छौंं। अपमान र घृणाको प्रयावाची नेतृत्वमा चले छ एमाले। हाम्रो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार हो। मूल प्रवाह हो। ३२ मा कोकेका संस्थापक ५ मध्य तीन हाम्रो पार्टीमा हुनुहुन्छ। तीन जना उतिबेलै कता जानुुभयो। अमृत बोहरा मात्रै एमालेमा हुनुहुन्छ। उहाँको बोली बन्द छ। अष्टलक्ष्मी उतै हुनुहुन्छ। दोस्रो पुस्ताकाले साथ छोडेपनि हामीले हिम्मत हारेनौं। कलम चेतनाको प्रतीक हो। हामीले विजयको हात्राको सुरुवात गरिसकेका छौं। आगामी निर्वाचनमा हाम्रो विजय अनिवार्य छ।’
अध्यक्ष नेपालले आफ्नो नेतृत्वको सरकारले ०६६ मा जनता आवास कार्यक्रम अघि सारेको स्मरण गराए। साथै उनले हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग लगायतका विकासका योजनाहरु आफ्नो नेतृत्वको सरकारले सुरुवात गरेको दाबी गरे।
उनले भने, ‘यो संविधान समाजवादीमुखी हो। जनताका सम्पूर्ण अधिकारलाई सुरक्षीत गर्ने हो। गरिब र महिलामाथि हिँसा भएको छ। यस्ता कुराहरूको विरुद्धमा हामीले काम गर्नुपर्छ।’