काठमाडौँ। शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको क्वार्टरमा एक महिला मृत भेटिएकी छिन्।
अस्पतालका प्रशासनका अनुसार बिहिबार दिउँसो रेडियोलोजी विभागमा कार्यरत डा. राकेश झाकी श्रीमती वाथरुममा सलले बेरिएको अवस्थामा मृत भेटिएकी थिइन्।
झा दम्पतीको ३ वर्ष र ७ वर्षको गरी दुई बच्चासमेत छन्। तर, झाले के कारणले उनले मृत्यु रोजिन् भन्ने खुलेको छैन। मृतको शव भाइ र मामाको रोहबरमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको छ।