हुम्ला। हुम्लाका एक जना बिरामी आर्थिक समस्याका कारण उपचार गर्न नसकी रुदै रात कटाउन बाध्य भएका छ्न्।
हुम्ला सर्कगाढ गापा वडा नम्बर ३ उनापानीका २० वर्षीय योगेश रावत उपचारको अभावमा काठमाडौँको नयाँ बसपार्कमा रुदै रात कटाउन बाध्य छन्।
करिब चार महिना अगाडि कोहलपुरमा चेक गराउँदा युरिक एसिड बढेको चिकित्सकले बताएका थिए।
युरिक एसिड्को दवाइ खाँदा पनि कत्तिपनि कम नभएको उनका दाई सुरेन्द्र रावतले बताए।
सुरेन्द्रका अनुसार ४ महिनासम्म पनि केही कम नभै झन खुट्टा सुन्निएको र हाल हिड्डुल गर्नसमेत नसक्ने अवस्थामा रहेका छन्। “घरको आर्थिक अवस्था कमजोर छ, उपचार गर्ने भन्दा पनि गाडी भाडासम्म छैन काम नगरे कसरी बाँच्नु भन्दै रोएर फोन गर्यो,” सुरेन्द्र रावतले कणाली सन्देशलाई बताए।
सुरेन्द्रका अनुसार २० वर्षीय योगेश काठमाण्डौको एक होटेलमा भाँडा माझ्दै आफ्नो गुजारा चलाउदै थिए। खुट्टा धेरै सुनिन थालेपछी होटेलको संचालकले उपचार गराउन लगे तर अस्पतालले एमआरआइ गर्नुपर्छ भन्दा पैसा नभएर फर्किएको गुनासो गरे ।
सुरेन्द्रले मित्रपार्कमा रहेको गुरुङ पोखरा होटेलमा रहेका भाइलाइ बचाउन सबैसँग आग्रह गर्दै सहयोगी मनलाई 9823383186 नम्बरमा सम्पर्क गर्न आग्रह गरे।
नेपालको संविधानले नि:सुल्क स्वास्थउपचारको कल्पना गरेता पनि गरिब र पहुच नहुनेलाई कसैले नहेरेको गुनासो बेलाबेला संचारमाध्यममा आइरहन्छ्न्।