ललितपुर महानगरद्वारा चन्दननाथ नपालाई ३० लाख प्रदान



काठमाडौँ। ललितपुर महानगरपालिकाले जुम्लाको चन्दननाथ नगरपालिकालाई ३० लाख सहयोग हस्तान्तरण गरेको छ।

आज ललितपुर महानगरको कार्यालयमा महानगरका मेयर चिरिबाबु महर्जनले उक्त सहयोग चन्दन्नाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाइ चेक हस्तान्तरण गरेका हुन्।

चन्दननाथ नगरपालिका र ललितपुर महानगरबिच भगिनी सम्बन्ध छ। उक्त सम्बन्धको निरन्तरता स्वरुप महानगरपालिकाले विकासका गतिबिधी अगाडि बढाउन आर्थिक सहयोग गरेको नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन।

सेजुवालले भनिन महानगर र चन्दननाथ नगरपालिकाबीच भएको सिस्टर सिटि सम्झौता भएको हुँदा नयाँ कार्य गर्न सहज होस् भन्ने हेतुले महानगरले आर्थिक सहयोग गरेको हो।