काठमाडौँ। नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ को संयोजक बनाएको छ।
पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन्। फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देउवाले थापालाई ‘स्थानीय तह निर्वाचन– २०७९, घोषणापत्र तयारी समिति’ को संयोजकमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी गराए।