इलामदेखि जाजरकोटसम्म नौवटा सुरुङमार्ग



काठमाडौँ। अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो ।

सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर–मझिमटार ‘चितवन’ र सुनमाई–राजदुवाली ९इलाम० सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ।

त्यसैगरी बागलुङ–बेउ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन ‘पोखरा’–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, नवलपरासीको दुम्कीबास–बर्दघाट र कास्कीको हेम्जा–नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ।

त्यसैगरी रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट ‘ब्याउलीढुङ्गा’–जुम्ला ‘इमलिचा खोला’ सडक सुरुङ जाजरकोटरजुम्ला, प्रवाश–जोरटे ‘पाल्पा’ सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ। प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन पचासरपचास लाख रुपियाँको लागतमा गरिने अनुमान गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।