मेडिकल परिक्षण स्थान बढाउने राजदुत भोल्कको प्रतिवद्धता



काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मा.विरोध खतिवडाज्युसंग नेपालका लागि अष्टे«लियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ।              भेटमा दुइ देशबीचको सन् १९६० देखिको कुटनीतिक सम्वन्ध, नेपाललाई अष्ट्रेलियाले स्वास्थय क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो । छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अष्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गर्नुभयो । भेटमा मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परिक्षण सिमित स्थानबाट मात्र हुँदा नेपालीहरुले दुख पाइरहेको भन्दै धेरै ठाँउबाट परिक्षणको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
राजदुत भोल्कले यो गुनासो एक हप्ताभित्र सम्वोधन गर्ने आश्वासन दिनुभयो । ‘अन्यत्रबाट पनि यस विषयमा कुरा आएको छ, स्वास्थ्य परिक्षणको विषय त्यहाँको गृह मन्त्रालयसंग सम्वन्धीत छ, म उता कुरा गरेर नेपालीहरुलाई कसरी सहज हुन्छ, त्यतातिर अघि बढ्छु ।’ –उहाँले भन्नुभयो । भेटमा राजदुतले मन्त्रीको आग्रहमा थप तीनवटा स्थानमा परिक्षणको व्यवस्था मिलाउन आफुले पनि चाहेको र त्यसो भएमा छिटै परिणाम निस्कने आशा गर्नुभयो।